बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसमा देउवाद्वारा ५६ प्रतिशत टिकट होल्ड

सोमबार, २४ असोज २०७९, १६ : ५७
सोमबार, २४ असोज २०७९

पाँच दलीय सत्ता गठबन्धनमा प्राप्त भएको ९१ सिटमध्ये नेपाली कांग्रेसको संस्थापन पक्षले ५६ प्रतिशत ‘होल्ड’ गरेको छ ।  शेखर कोइराला नेतृत्वको पार्टीभित्रको विपक्षी खेमाले २४ प्रतिशत भाग पाउँदा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइरालाको भागमा बाँकी २० प्रतिशत परेको छ ।

संस्थापनका ५१, शेखरका २२,  सिटौलाका ६ र सिंह पक्षका ५ जना उम्मेदवार बनेका छन् । यस्तै पौडेल पक्षका ४ र शशांक निकट ३ जना उम्मेदवार बनेका छन् । कांग्रेसभित्रको विपक्षी समूहका मुख्य नेता शेखरको गृह प्रदेशमा १९ मध्ये संस्थापन पक्षले १० उम्मेदवार होल्ड गर्न सफल भएको छ । प्रदेश १ मा शेखर समूह ४, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह २–२ तथा शशांक कोइराला पक्षका १ जना उम्मेदवार बनेका छन् ।

मधेस प्रदेशमा संस्थापनका ९, शेखर समूहका ५ र सिटौला पक्षका १ जनाले टिकट पाएको अवस्था छ । पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि निकट एक जनाले पनि मधेस प्रदेशमा टिकट पाएको देखिँदैन ।

यस्तै महामन्त्री गगन थापाको गृह प्रदेश बागमतीमा कांग्रेसले पाएको १८ सिटमा पनि संस्थापन पक्षका ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेखर समूहबाट ४, सिंह र सिटौला समूहबाट ३–३ जना उम्मेदवार बनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा कांग्रेसले १२ सिटमा उम्मेदवार दिएको छ । जसमा संस्थापन पक्षले ६ र शेखर समूहले ३ जना उम्मेदवार पाउँदा पौडेलले आफूनिकट एक जनालाई टिकट दिलाए भने पूर्व महामन्त्री शशांक कोइराला आफू मात्र उम्मेदवार बनेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश लुम्बिनीमा कांग्रेसले पाएको १४ सिटमा पनि संस्थापन पक्ष नै हाबी देखिन्छ । उक्त प्रदेशमा संस्थापन निकट ९, शेखर निकट ३ तथा पौडेल र शशांक निकट एक–एक जनाले टिकट पाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह प्रदेशमा कांग्रेसको भागमा ४ सिट पर्दा संस्थान र इतर पक्षको समान उम्मेदवारी परेको छ । गठबन्धनभित्र पाएको ४ सिट मध्ये संस्थापन २, शेखर र पौडेल पक्षका १–१ जनाले टिकट पाएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमा संस्थापन पक्षले ७ र शेखर समूहले २ ठाउँमा टिकट पाएको छ । यद्यपि पौडेल, सिटौला, सिंह र शशांक अहिलेसम्म देउवासँगको सहकार्यमा रहेको देखिन्छ । १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा दोहोर्याउन उनीहरुले पक्ष र परोक्ष ढंगले देउवालाई समर्थन गरेका थिए ।

यस्तो छ कांग्रेसको गुटगत टिकटको सूची

प्रदेश १

१ तेह्रथुम – सीता गुरुङ (संस्थापन)

२ पाँचथर – भीष्मराज आङदेम्बे (संस्थापन)

३ धनकुटा – सुनिल थापा  (संस्थापन)

४ संखुवासभा – दीपक खड्का (शशांक कोइराला)

५ ओखलढुंगा – रामहरि खतिवडा  (संस्थापन)

६ सोलुखुम्बु – बलबहादुर केसी (शेखर कोइराला)

७ इलाम २ –  डम्बर खड्का  (संस्थापन)

८ झापा १ – विश्वप्रकाश शर्मा  (प्रकाशमान सिंह)

९ झापा ३ – कृष्णप्रसाद सिटौला  (कृष्णप्रसाद सिटौला)

१० झापा ४ – देउकुमार थेबे (कृष्णप्रसाद सिटौला)

११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी  (संस्थापन)

१२ मोरङ १ – डिगबहादुर लिम्बु (शेखर कोइराला)

१३ मोरङ २ –  सुजाता कोइराला (प्रकाशमान सिंह)

१४ मोरङ ३ –  सुनिल शर्मा (शेखर कोइराला)

१५ मोरङ ६ –  शेखर कोइराला (शेखर कोइराला)

१६ सुनसरी २  – सिताराम मेहता (संस्थापन)

१७ सुनसरी ३ – विजयकुमार गच्छदार  (संस्थापन)

१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की  (संस्थापन)

१९ उदयपुर–१  नारायण खड्का  (संस्थापन)

मधेस प्रदेश

१ सप्तरी १ – रामदेव साह (शेखर कोइराला)

२ सप्तरी ३ – दिनेशकुमार यादव  (संस्थापन)

३ सप्तरी ४ – तेजुलाल चौधरी (शेखर कोइराला)

४ सिरहा १ – पद्मनाराण चौधरी (संस्थापन)

५ सिरहा २ – चित्रलेखा यादव  (संस्थापन)

६ धनुषामा २ – रामकृष्ण यादव (शेखर कोइराला)

७ धनुषा ४ – महेन्द्र यादव  (संस्थापन)

८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव  (संस्थापन)

९ सर्लाही – ४ नागेन्द्र कुमार राय  (संस्थापन)

१० रौतहट २ –  फिर्दोष आलम (शेखर कोइराला)

११ रौतहट ४ – देवप्रसाद तिमिलसिना  (शेखर कोइराला)

१२ बारा १ – उमाकान्त चौधरी (कृष्णप्रसाद सिटौला)

१३ पर्सा – २  अजयकुमार चौरासिया  (संस्थापन)

१४  पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी  (संस्थापन)

१५ पर्सा ४ – रमेश रिजाल  (संस्थापन)

बागमती प्रदेश

१ काभ्रे २ –  शीवप्रसाद हुमागाइँ (कृष्णप्रसाद सिटौला)

२ ललितपुर १ – उदयशमशेर राणा  (संस्थापन)

३ भक्तपुर २ – दुर्लभ थापा  (संस्थापन)

४ काठमाडौं १ – प्रकाशमान सिंह (प्रकाशमान सिंह)

५ काठमाडौं ३ – सन्तोष चालिसे (प्रकाशमान सिंह)

६ काठमाडौं ४ – गगन थापा (शेखर कोइराला)

७ काठमाडौं ५ –  प्रदीप पौडेल (कृष्णप्रसाद सिटौला)

८ काठमाडौं ६ –  भीमसेनदास प्रधान (कृष्णप्रसाद सिटौला)

९ काठमाडौं १० – राजेन्द्र कुमार केसी (प्रकाशमान सिंह)

१० रसुवा – मोहन आचार्य  (संस्थापन)

११ नुवाकोट २ – अर्जुननरसिंह केसी (शेखर कोइराला)

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे  (संस्थापन)

१३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत  (संस्थापन)

१४ धादिङ २ –  रामनाथ अधिकारी (शेखर कोइराला)

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’  (संस्थापन)

१६ चितवन १ –  विश्वनाथ पौडेल  (संस्थापन)

१७ चितवन २ – उमेश श्रेष्ठ  (संस्थापन)

१८ रामेछाप – कान्छाराम तामाङ (शेखर कोइराला)

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल (रामचन्द्र पौडेल)

२ तनहुँ २ – शंकर भण्डारी  (संस्थापन)

३ स्याङ्जा–१ राजु थापा (शेखर कोइराला)

४ स्याङजा २ – धनराज गुरुङ (शेखर कोइराला)

५ नवलपुर १ – शशांक कोइराला (शशांक कोइराला)

६ पर्वत – अर्जुन जोशी  (संस्थापन)

७ मनाङ  – टेकप्रसाद गुरुङ  (संस्थापन)

८ कास्की १ – किशोरदत्त बराल  (संस्थापन)

९ गोरखा १ – राजेन्द्र बजगाईँ (शेखर कोइराला)

१० म्याग्दी – खमबहादुर गर्जुवा  (संस्थापन)

११ मुस्ताङ – योगेश गौचन थकाली (रामचन्द्र पौडल)

१२ नवलपुर – विष्णु कुमार कार्की  (संस्थापन)

लुम्बिनी प्रदेश
 
१ गुल्मी १ – चन्द्र भण्डारी (शेखर कोइराला)

२ नवलपरासी २ – देवेन्द्र कँडेल (संस्थापन)

३ नवलपरासी – १ विनोद चौधरी (संस्थापन)
 
४ रुपन्देही ३ – बालकृष्ण खाण (संस्थापन)

५ रुपन्देही ४ – प्रमोद  यादव (शेखर कोइराला)

६ रुपन्देही ५ – भरतकुमार शाह (संस्थापन)

७ कपिलवस्तु–२  सुरेन्द्र आचार्य (रामचन्द्र पौडेल)

८ कपिलवस्तु ३ –  अभिषेकप्रताप साह (संस्थापन)

९ अर्घाखाँची – पुष्पा भुसाल (संस्थापन)

१० दाङ ३ – दिपक गिरि (शशांक कोइराला)

११ बाँके ३ – किशोरसिंह राठौर (संस्थापन)

१२ बर्दिया १ –  सञ्जय गाैतम (शेखर काेइराला)

१३ पाल्पा १ – ज्ञानबहादुर गाहा (शेखर कोइराला)

१४ बाँके २ – सुदिपनरसिंह राणा (संस्थापन)

कर्णाली प्रदेश

१ मुगु – ऐन बहादुर शाही (संस्थापन)

२ सुर्खेत १ – पूर्णबहादुर खड्का (संस्थापन)

३ सुर्खेत २ – हृदयराम थानी (शेखर कोइराला)

४ दैलेख २ –  दिक्पाल शाही (रामचन्द्र पौडेल)

सुदूरपश्चिम प्रदेश

१ डडेल्धुरा – शेरबहादुर देउवा (संस्थापन)

२ बाजुरा  – बद्री पाण्डे (शेखर कोइराला)

३ दार्चुला – दिलेन्द्र बडू (शेखर कोइराला)

४ अछाम २ – पुष्प शाह (संस्थापन)

५ कञ्चनपुर २– एनपी साउद (संस्थापन)
 
६ कञ्चनपुर ३ – रमेश लेखक (संस्थापन)

७ कैलाली १ – रामजनम चौधरी (संस्थापन)

८ कैलाली ४ – वीरबहादुर बलायर (संस्थापन)

९ कैलाली ५ – डिल्लीराज पन्त (संस्थापन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप