बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक : अस्पताल

सोमबार, २४ असोज २०७९, २० : ००
सोमबार, २४ असोज २०७९

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।  

जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप