शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यो मेरो अन्तिम निर्वाचन हो–  केसी

सोमबार, २४ असोज २०७९, १५ : ५८
सोमबार, २४ असोज २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । “यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्दिनहोला  । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो” उम्मेदवार केसीले भने ।

उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताए । संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप