तीन हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरूले सेयरधनीहरूका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमा रुरु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी छन् ।
रुरु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ७ असोजको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, अरुण काबेली पावरले यस वर्ष १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।
त्यसैगरी, सानिमा माई हाइड्रोपावरले २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय समिति बैठकपछि पहिलो पटक माओवादीको पदाधिकारी बैठक बस्दै
-
माघ महिनाका ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकमा कति पाइन्छ ?
-
भारतको विदेशी मुद्रा सञ्चिति ५.६९ अर्ब अमेरिकी डलरले घट्यो
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति