सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

सोमबार, २४ असोज २०७९, १३ : २१
सोमबार, २४ असोज २०७९

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।

पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप