शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी कांग्रेसको निश्कर्षः केन्द्रीय नेतृत्वकै कारण चुनाव हारियो

शुक्रबार, ०७ पुस २०७४, १८ : २५
शुक्रबार, ०७ पुस २०७४

गुल्मी– नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी  बैठकले आफ्नै पार्टीको नेतृत्वका कारण चुनावमा पराजय भोग्नु परेको निश्कर्ष निकालेको छ ।    आज सदरमुकाम तम्घास पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त पार्टीले सो कुराको निश्कर्ष निकालेको दाबी गरेको हो । 

निर्वाचनमा काग्रेंसको पराजयको मुख्य कारण वाम गठबन्धन भएपनि  केन्द्रिय नेतृत्वमा रणनैतिक चतुर्यता नहुनु र अभिव्यक्ति पनि गलत हुनु चुनावी पराजयको  अर्को कारण भएको उक्त पार्टीका नेताहरुले बताएका छन् । 

प्रतिनिधी सभा र प्रदेशसभाको चुनावी समिक्षा  बैठकको विश्लेषण सार्वजानिक गर्दै उक्त पार्टीले यसको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएको छ ।  काग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बैठकका निर्णयहरु सार्वजानि गर्दै भने, एकैचोटी दुई तहको निर्वाचन गराउन नहुने कुरामा नेतृत्वमा रणनैतिक चातुर्यता पाइएन  । 
उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावताका  दिएका अभिव्यक्ति पनि गलत भएको धारणा राखे   । उनले भने –उहाँजस्तो नेताले ७ चोटी प्रधानमन्त्री बन्भछु नेर ज्योतिषले भने भन्ने कुरा भन्न नहुने, कम्युनिष्टहरुले जिते भने अधिनायकवाद ल्याउँछन र जनताहरु रुन समेत पाउने छैनन् जस्ता अभिव्यक्तिहरु  पनि  दिन नहुने पराजयको अर्को  कारण हुन सक्ने बैठकको निष्कर्ष रहेको छ। ’ 

श्रेष्ठले थपे, ‘वाम गठबन्धनका कारण मनोवैज्ञानिक असर पर्यो, हारको मुख्य कारण वामगठन्धन नै हो तर पनि आफुहरुको संगठन कमजोर हुनु, स्थानीय निर्वाचनको पराजयले कार्यकर्तामा गिरेको मानसिकता हटाउन सकेनौं, त्यस्तै विपक्षीहरुले कांग्रेस विरुद्ध छरेका भ्रमहरु चिर्न सकेनौ, कांग्रेसभित्र व्यक्तिवादी चिन्तन र आराजक प्रवृत्ति बढेको महुशुस समेत पराजयका यिनै कारणहरु रहेको पाइएको छ । 

तर उनले वामगठबन्धन संगै पार्टीभित्र स्थानीय निर्वाचन ताका सम्मको एक आपसको असन्तुष्टी अन्त्य भई पार्टी एक ढिक्का भएको ठोकुवा भने गरेका छन् ।  नेता श्रेष्ठले लोकतन्त्रमा जित हार स्वभाविक भएको र यसपाली जसले जिते हारे पनि  लोकतन्त्र र गणतन्त्रको जित भएको धारण राखे ।  यसपालीको निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन थियो, जुन कांग्रेसको नेतृत्वमा स्वन्त्र र निष्पक्ष ढंगले भएको छ , यसैलाई हामीले जित ठानेका छौं नेता श्रेष्ठले भने, पराजय देखिए पनि प्रत्यक्ष र समानुपतिक तर्फ कांग्रेसले सम्मानजनक मत पाएको छ, भोलीका दिनमा संगठन सुदृढ गर्दै अगाडी बढिने छ, निरास नहुन म कार्यकर्ता पंक्तिलाई आग्रह गर्दछु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप