सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
अदालतमा भने– ‘म निर्दोष छु’
२२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको थियो । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका थिए । एक महिनापछि उनी नेपाल फर्केका हुन् ।
प्रहरी वृत्त गौशालाले उनलाई सोमबार बिहान अदालतमा उपस्थित गराएको थियो । उनका कानुन व्यवसायी अभिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार म्याद थपको क्रममा क्रममा सन्दीपले न्यायाधीशसँग भनेका छन्– ‘म निर्दोष छु ।’
प्रहरीले आफ्नो गोपनियता भंग गरेको र भविष्यसँग खेलबाड गरेको भन्दै लामिछानेले सोधेका छन्–‘त्यो कुराको उपचार के हुन्छ ?’
प्रहरीले उनलाई १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।
तस्बिर : कृष्ण खड्का/रातोपाटी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण