सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति

अदालतमा भने– ‘म निर्दोष छु’
सोमबार, २४ असोज २०७९, २० : ००
सोमबार, २४ असोज २०७९

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी  ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

अदालतमा भने– ‘म निर्दोष छु’
२२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको थियो । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका थिए । एक महिनापछि उनी नेपाल फर्केका हुन् । 
प्रहरी वृत्त गौशालाले उनलाई सोमबार बिहान अदालतमा उपस्थित गराएको थियो । उनका कानुन व्यवसायी अभिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार म्याद थपको क्रममा क्रममा सन्दीपले न्यायाधीशसँग भनेका छन्– ‘म निर्दोष छु ।’ 
प्रहरीले आफ्नो गोपनियता भंग गरेको र भविष्यसँग खेलबाड गरेको भन्दै लामिछानेले सोधेका छन्–‘त्यो कुराको उपचार के हुन्छ ?’ 
प्रहरीले उनलाई १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

तस्बिर : कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप