मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

सोमबार, २४ असोज २०७९, ११ : १६
सोमबार, २४ असोज २०७९

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।

त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।

सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष एवं निवर्तमान प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी र राप्रपाका उपाध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान लगायतले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप