अनिल झाले रौतहट छाडेर धनुषा ३ मा दर्ता गराए उम्मेदवारी
आइतबार, २३ असोज २०७९, २१ : ५४

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले धनुषा २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
उनले यसअघि रौतहट १ बाट चुनाव जितेका थिए । सत्ता गठबन्धनबाट माधवकुमार नेपालले रौतहट १ को सीट हात पारेपछि नेता झा धनुषा ३ पुगेका हुन् । यसअघि सो क्षेत्रबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । नेता महतो सर्लाही २ गएपछि नेता झा धनुषा ३ बाट उम्मेदवारी दिएका हुन् ।
जसपा र एमालेका साझा उम्मेदवार जुली महतोसँग नेता झाको प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा पूर्वराजाका समर्थकहरूबाट भएको गतिविधिको भर्त्सना
-
बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
-
लम्बियो कर्फ्यु, यस्तो छ प्रशासनको पछिल्लो सूचना
-
१० बजे १० समाचार : राजावादीको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु, ‘दुर्गा प्रसाईं जिम्मेवार’
-
विद्यार्थीहरूको परीक्षामा कुनै अवरोध नगर्न शिक्षा मन्त्रालयको आग्रह
-
समुन्नत लोकतन्त्रका लागि स्पष्ट ढंगले उभिन राजनीतिक दललाई कांग्रेसको अपील