शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं १ मा अन्तर्राष्ट्रिय टोपी दिवसका अभियन्ता बन्जाडेद्वारा उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, २१ : ३२
आइतबार, २३ असोज २०७९

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नं.१मा  अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियन्ता तथा उद्यमी शंकर बन्जाडेलाई उम्मेदवार बनाएको छ। आइतबार निर्वाचन कार्यालय काठमाडौं क्षेत्र नं.१ पुगेर अभियन्ता बन्जाडेले उम्मेदवारी दर्ता गराएका हुन।​

बन्जाडे नेपाली अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानका संस्थापक अभियानकर्मी हुन। लामो समय अन्तर्राष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गरेका बन्जाडे सफल युवा उद्यमी पनि हुन।

राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बन्जाडे नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप अत्यावश्यक भएको भन्दै वैकल्पिक राजनीतिमा जोडिएका हुन। विभिन्न संघ संस्थामा आबद्ध भएर समाजसेवामा क्रियाशील बन्जाडे भ्रष्टाचार विरोधी अभियन्ता समेत हुन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप