लोसपा नेता ठाकुर र महतोले दिए उम्मेदवारी
आइतबार, २३ असोज २०७९, २१ : २३
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता महन्त ठाकुर र राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट यी दुबै नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।
महोत्तरी क्षेत्र ३ बाट लोसपाका अध्यक्ष महन्त ठाकुर र सर्लाही क्षेत्र २ बाट महतोले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी ठाकुरसँगै प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उम्मेदवारी मनोनयन गराएका छन् ।
त्यस्तै महतोसँगै सोही क्षेत्रबाट नेपाली कांग्रेसको जगीलाल राय (क)मा र (ख) मा लोसपाका मेथुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।