बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्री चौधरीद्वारा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी

आइतबार, २३ असोज २०७९, २१ : ००
आइतबार, २३ असोज २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।  चौधरीले सत्तारुढ गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारीमा दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट चौधरी ०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पनि उम्मेदवारी दिएकी छिन् । 

सोही निर्वाचन क्षेत्र प्रदेशसभा सदस्य (क)तर्फ सत्तारुढ गठबन्धन साझा उम्मेदवारका नेकपा माओवादीका केन्द्रीय सदस्य लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले उम्मेदवारी दिएका छन् भने निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख)मा नेपाली काँग्रेसका स्व.नेता खुमबहादुर खड्का छोरा अनुराग खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमालेका तर्फ दाङ क्षेत्र नं. प्रदेशसभा सदस्य (क) तर्फ गंगाराम भट्टराई र ख तर्फ कुलबहादुर केसी प्रदेश निर्वाचन कार्यालय लमहीमा पुगेर उम्मेदवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप