सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, २० : ४०
आइतबार, २३ असोज २०७९

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रेमराज जोशी र स्वतन्त्र बाट नेपाली  काङ्ग्रेस का नेता तथा पूर्व पार्टी सभापति हर्क जङ्ग सिंह, माओवादी केन्द्र का नेता लोकेन्द्र सिंह धामी, रामचन्द्र राना र  डम्बर बहादुर खडकाले  उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क ) मा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट नेपाली काङ्ग्रेस का नेता पृथ्वी बहादुर सिंह, नेकपा एमालेबाट अफिलाल, राप्रपा नेपालबाट  ओखेडा, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कर्ण बहादुर खडका,स्वतन्त्र बाट जयभक्त जोशी र जगत प्रसाद जोशी ले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश सभा (ख ) मा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धनबाट नेकपा माओवादी का नेता भीम भण्डारी, नेकपा एमाले बाट नेता लाल बहादुर रावल , राप्रपा बाट वीरेन्द्र मल्ल, नेपाली काङ्ग्रेस बिपी बाट  निर्मला कुमारी बिक र स्वतन्त्रबाट गणेश  भण्डारी ले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप