जसपासँग गठबन्धन गरेकाले एमालेको टिकट अस्वीकार गरेँ : प्रभु साह
रौतहट । नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीबाट टिकट पाए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका साहले जसपासँग तालमेल गर्ने पार्टीको निर्णयप्रति आफ्नो असहमति रहेको बताए ।
जसपासँगको गठबन्धन देशका लागि घातक हुने उनको भनाइ छ । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै साहले जसपाको राजनीतिभित्र साम्प्रदायिकता रहेको बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो स्वार्थका लागि जेसुकै गर्नसक्ने भएकाले पनि आफू जसपासँग गठबन्धनको पक्षमा नरहेको र सोही असन्तुष्टि स्वरुप स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
मधेस प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा जसपा नै रहेको र आफूले यो विषय पटकपटक उठाउँदै आएको साहले स्मरण गराए । यस्तो अवस्थामा अहिले जसपासँगै गठबन्धन गरेर हिँड्न आफूलाई नैतिक रुपमा नसुहाउने उनले बताए ।
गत निर्वाचनमा माओवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साह तत्कालीन नेकपा खारेज भएपछि एमालेमा सामेल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त