राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने
आइतबार, २३ असोज २०७९, १९ : ५८
राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो ।
कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने भएको छ । यो विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापन संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत स्वीकृत भएको छ ।
बीमा विधेयक पारित भएसँगै अब बस्ने बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणमा परिणत गर्ने छ । हालको समिति प्राधिकरण बनेपनी अहिलेकै सञ्चालक समितिले निरन्तरता पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरपालिकामा डेंगु खोज र नष्ट गर अभियान सुरु
-
विजय बरालले सुरु गरे ‘लाज शरणम’को सुटिङ
-
आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा पेसी
-
युक्रेनमा रुसले प्रयोग गरिरहेको मिसाइल बनाउने कारखानालाई उत्तर कोरियाले गर्यो विस्तार