शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर २ मा दीपेश केसीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १९ : ०८
आइतबार, २३ असोज २०७९

ललितपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि डा. दीपेश केसीले  उम्मेदवारी दर्ता गरेका छन् । उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो पुगी उम्मेदवारी दर्ता गरेका हुन् । 

केसीको प्रस्तावकमा नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र सदस्य सुमन पौडेल रहेका छन् । दुई दशक पत्रकारिता गरिसकेका केसीसँग सामाजिक समस्याबारे अनुसन्धान, अध्यापनलगायतको अनुभव छ । उनका ८ पुस्तक प्रकाशित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप