बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

'फ्लोर क्रस' गरेर समाजवादी रोजेका शाही एमालेबाट प्रदेश सभाको उम्मेदवार

आइतबार, २३ असोज २०७९, १९ : ०३
आइतबार, २३ असोज २०७९

कर्णाली प्रदेश सरकारमा हुँदा 'फ्लोर क्रस' गरेर समाजवादी रोजेका कुर्मराज शाही एमालेबाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटमा उम्मेदवारी दर्ता गराएका हुन्।

शनिबारसम्म समाजवादीमै रहेका उनले एक्कासी एमालेबाट प्रदेश सभा (क)मा उम्मेदवारी दर्ता गराएका छन्। शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुँदा बलात्कारको आरोप समेत लागेको थियो । उनी प्रदेश सभामा हुँदा विवादित व्यक्तिको रुपमा परिचित थिए।

शाही समाजवादीको प्रदेश कमिटी उपसचिव एवं कालिकोट जिल्ला इन्चार्ज समेत हुन् । उनले रातोपाटीसँग कुरा गर्दै भने ,' हो हिजोसम्म म समाजवादीमा थिएँ, आजदेखि एमाले भएँ । यसको कुनै कारण छैन।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप