शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी दर्ता गर्दै कर्णले भने– यो मेरो अन्तिम लडाई हो

आइतबार, २३ असोज २०७९, १८ : १३
आइतबार, २३ असोज २०७९

सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् । 
‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए । ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो’ उनले भने । वीरगञ्जस्थित जिल्ला समन्वय समिति परिसरमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया  दिएका हुन् ।  

वीरगञ्ज महानगरपालिकामा विद्यमान शिक्षा, स्वास्थ्य र अन्य विकासका काममा अन्य विकासका काममा देखिएको कमी कमजोरी हटाउन आफूले उम्मेदवारी दिएको उनको भनाई छ । पर्सा १ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि अजय द्घिवेदीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । द्घिवेदीको उम्मेदवारीको विषयमा लोसपा नेता कर्णले प्रजातन्त्रमा  पार्टीको आफ्नो नीति भएकोले व्यक्ति सबै स्वतन्त्र हुने र कसैलाई रोक्न नसकिने बताएका छन् । 

‘पार्टी माथि भरोसा गरेका छौं, पार्टीबाट जित्छौँ र अघि बढ्छौँ’  उनले भने । गठबन्धनले गर्दा पर्सा क्षेत्र नं ४ छोडेर आफू क्षेत्र नं १ मा आउँदा ४ नं क्षेत्रका जनता रोइरहेको उनले टिप्पणी गरेका छन् ।   सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं १ को (क) मा माओवादी केन्द्रका रहबर अन्सारी र १ (ख) मा नेपाली काँग्रेसका राम नारायण कुर्मीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप