शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी दर्तापछि थापाले भने– ड्राइभिङ सिटमा अब आफैं बस्ने हो

आइतबार, २३ असोज २०७९, १८ : ०१
आइतबार, २३ असोज २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठमा उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि थापाले  सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताए ।

 ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने । सरकार तथा पार्टीको मूल नेतृत्व गर्ने जोश र आवश्यक अनुभव भएको उनको भनाइ छ । 

काठमाडौं ४ ले आफूलाई पहिचान दिएको भन्दै अन्य क्षेत्रमा उम्मेदवार बन्न नगएको बताए । ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ,’ थापाले भने, यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँले नै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप