शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनको निर्णय तोड्दै सुर्खेतमा समाजवादीको गरायो प्रदेश सभाका लागि उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १७ : ४९
आइतबार, २३ असोज २०७९

सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय वरिपरी एकल उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन क्षेत्र नम्बर २ को (क) र (ख) मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको हो । प्रदेश सभा (क) मा समाजवादीका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका हुन्।

उनीहरु फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए । सत्तारुढ गठबन्धनको निर्णयले कुनै पनि क्षेत्र भाग नपारेपछि प्रदेश सभाका दुई क्षेत्रमा एकल उम्मेदवारी दर्ता गरेको हो ।

‘हामीले गठबन्धनलाई कुनैपनि असर नपर्ने गरि उम्मेदवारी दर्ता गरेका हौँ ,’ बडुवालले रातोपाटीसँग भने,‘ हिजो हामीले गरेको निर्णय पार्टीले एसेप्ट गरेर नै यस्तो निर्णयमा पुगेका हौं ।’ 

अब २ (क) मा कांग्रेसका कालिप्रसाद शाक्य, एमालेका यामलाल कँडेल र समाजवादीका शिव उपाध्यायबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादीले कांग्रेसलाई सहयोग गर्नेछ । २ (ख)मा माओवादीका  विन्दमान विष्ट, एमालेका ताराकेशर गौतम र समाजवादीका मोहन बडुवालबीच प्रतिस्पर्धा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप