शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले सचिव पद्मा अर्यालविरुद्ध न्यौपाने ‘बागी’ उम्मेदवार

आइतबार, २३ असोज २०७९, १७ : ३६
आइतबार, २३ असोज २०७९

नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध उनकै पार्टीका नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि स्याङजा २ बाट सचिव अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।

न्यौपाने एमालेको युवा तथा खेलकुद विभागको प्रमुख रहेका थिए । साथै एमाले गण्डकी प्रदेशको सदस्य समेत रहेका न्यौपानेले शनिबारमात्रै राजीनामा दिएका थिए । उनले पार्टीहरुले जनताका इच्छा आकांक्षा पुरा गर्न नसकेकाले स्वतन्त्र रुपमा उम्मेदवारी निर्वाचित भएर जनताको भवनको कदर गर्ने दावी गरे । 

सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप