आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता

आइतबार, २३ असोज २०७९, १७ : २४
आइतबार, २३ असोज २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।  उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताए ।

प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप