बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस उपसभापति खड्काले गराए वारेसनामामार्फत उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १६ : ०१
आइतबार, २३ असोज २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामामार्फत् आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन्। सुर्खेत  क्षेत्र नं.- १ बाट प्रतिनिधि सभाकाे लागि उम्मेदवार बनेका उनले मेहलकुनामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्। 

खड्कको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन्। खड्का याे पटक पनि ०७४ मै प्रतिस्पर्धा गरेका एमाले नेता ध्रुव कुमार‌ शाहीसँग प्रतिस्पर्धा गर्दैछन्।
एमाले नेता शाहीले पनि  उम्मेदवारी दिएका छन् ।

यस्तै एमाले  प्रदेशतर्फ (क) मा ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। गठबन्धनको भागबण्डा अनुसार सुर्खेत १ को प्रदेशतर्फ (क) मा कांग्रेसका खड्क पोखरेल र (ख) मा माओवादीका जितेन्द्र जिसीले उम्मेदवारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप