जसपाको कोटाबाट राजदूत बनेका डा. यादवको छोरा स्वतन्त्र उम्मेदवार
आइतबार, २३ असोज २०७९, १५ : ५७
जनता समाजवादी पार्टी नेपालको कोटाबाट डेनमार्कका राजदूतमा नियुक्त भएका डा स्वार्थ राय यादवका छोराले आसन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ को (ख) बाट राजदूत डा. यादवका छोरा सरोज कुमार रायले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । जसपाबाट टिकट लिन प्रयास गरेका रायले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
जसपाले उक्त क्षेत्रबाट बहालवाला सांसद संजय यादवलाई नै दोहो¥याउने भएपछि रायले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमाले–जसपाको गठबन्धन छ । जसअनुसार प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ (क) एमालेको भागमा परेको छ भने ३ को (ख) जसपाको भागमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने