गायक सञ्जय श्रेष्ठले दिए काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १५ : ५३

गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । अहिले भने उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौँ –६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
अन्तिम समयमा आएर उनलाई राप्रपाले टिकटमा धोका दिएको भनेर आक्रोशित हुँदै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन