फिल्म वितरक करण श्रेष्ठको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १५ : ४२
अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘ क्रेजी’ प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।
‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, ‘पल्टन’ लगायत करिब दर्जन फिल्म अभिनय गरेका श्रेष्ठले आधा दर्जनमाथिका फिल्म समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय फिल्म वितरकको रूपमा सक्रिय छन् । श्रेष्ठ साइकलमा नेपाली झण्डा राखेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?