आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोरङमा एमालेले दियो जसपालाई धोका

आइतबार, २३ असोज २०७९, १३ : ३४
आइतबार, २३ असोज २०७९

सत्तारुढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीलाई नेकपा एमालेले धोका दिएको छ । एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारी दिने भएको छ ।

मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ५ तथा प्रदेशसभाको ४(२), ५ (२) र ६ (२) जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति दुई पार्टीबीच भएको थियो । तर, मोरङको क्षेत्र नं. ४(२) मा एमाले अध्यक्ष केपी ओलीले जीवन घिमिरेलाई उम्मेदवारी दर्ताको पत्र दिएका छन् भने ६ (२) मा परशुराम बस्नेतलाई पनि पत्र दिएका छन् ।

एमाले–जसपा गठबन्धनबाट ४ (२) मा सञ्जय सिंह र ६(२) बाट राजेन्द्र गुप्ता उम्मेदवार बन्ने तयारी थियो । तर, जसपाको उम्मेदवारी दर्ता नहुँदै एमालेबाट दुबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी भएको छ । एमाले विराटनगर महानगर समितिका सदस्य सागर थापाले दुबै क्षेत्रको लागि एमालेकै उम्मेदवारको टिकट पार्टीले पठाएको जानकारी दिए । जसपासँग नयाँ समझदारी भएर टिकट आएको हुनसक्ने उनको भनाइ छ ।

उता मोरङको क्षेत्र नं. ५ (२) बाट उम्मेदवार बन्न लागेका जसपाका नेता जयराम यादवले भने भागबण्डा र सहमति अनुसार उम्मेदवार दर्ता हुनुपर्ने बताउँदै आफूहरु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । एमालेले सहमति विपरित उम्मेदवारी दिएमा त्यसबारे छलफल हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप