शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिँदै

आइतबार, २३ असोज २०७९, ०९ : २३
आइतबार, २३ असोज २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले रातोपाटीलाई बताए । बोहराका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् ।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् । यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप