आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झापा एमालेमा असन्तुष्टि, एमाले नेता राना माओवादीबाट उम्मेदवार बन्दै

आइतबार, २३ असोज २०७९, ०८ : १५
आइतबार, २३ असोज २०७९

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् । 

रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । 

यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने शर्त गरेर एमालेमै राखेका थिए । अहिलेको टिकट वितरणको समयमा भने खरेल आफैं उक्त क्षेत्र छोडेर १ मा जाने तथा रानालाई टिकट नदिने भएपछि उनले पार्टी छाड्ने भएका हुन् । 

उक्त क्षेत्रमा एमालेका तर्फबाट संघमा देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा (१) मा एकराज कार्की र प्रदेशसभा (२) मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप