शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो पटक दैलेख–१ बाट राप्रपा महामन्त्री कुन्ती शाही प्रतिनिधि सभा चुनाव लड्दै

आइतबार, २३ असोज २०७९, ०७ : ५२
आइतबार, २३ असोज २०७९

राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन् । आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन् । 
 
शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब  महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । ‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्,‘ राजनीतिलाई पेशा होईन समाजका हरेक नागरिकको सेवामा रुपान्तरण गर्नको लागि मेरो उम्मेदवारी हो । पार्टीभन्दा माथी उठेर जनताको हित र समाजको लागि काम गर्नेछु ।’

उसो त पार्टी केन्द्रमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । तर दैलेख १ मा भने एमालेबाट रवीन्द्रराज शर्मा प्रतिनिधि सभाको लागि रवीन्द्रराज शर्मा उम्मेदवार बनिसकेका छन् । उता सत्तारुढ गठबन्धनबाट भने एकीकृत समाजवादीका अम्मर बहादुर थापा यही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनले दुई पाका नेताहरुसँग प्रतिस्पर्धा गर्न भने निकै मेहनत गर्नुपर्ने हुन्छ । 

पुर्व राज्यमन्त्री समेत भइसकेकी कुन्ती शाहीले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेकी छैनन् । उनी यसअघि दुई पटक सभासद भइसकेकी छन् । गत ०७४ को चुनावमा कांग्रेस र राप्रपाको गठबन्धन समेत उनी आफु उठ्न सकिनन् । आफ्ना दाजु दीपक कुमार शाहीलाई उठाएर समानुपातिकमै बसेकी उनी अहिले भने प्रत्यक्ष चुनाव लड्ने तयारी थालेकी हुन् । ०७४ मा कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका रवीन्द्रराज शर्मा २३ हजार ७७३ मतसहित विजय प्राप्त गरेका थिए ।  

कुन्ती शाही तिनै व्यक्तिमा पर्दछन्, जसले दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाउन सकिन् । ठुला राजनीतिक दल मानिएका कांग्रेस, एमालेबाट कुनै पनि नेताले अहिलेसम्म राष्ट्रिय राजनीतिमा पकड जमाउन सकेका छैनन् । अनेरास्ववियुमा राजनीतिक पाइला टेकेकी उनी ०४७ सालमा राप्रपामा लागेकी थिइन् । राप्रपा भित्रपनि निकै संघर्ष गरेका शाही उनी तीन दश पछि राप्रपाको महामन्त्री पदमा पुगिन् । उनको पारिवारीक पृष्ठभूमि पञ्चायती राजनीतिबाट आएकाले उनी राप्रपाको राजनीतिमा समावेश भएकी थिइन् । उनी विद्यार्थी राजनीतिमा हुँदा नेपालगन्जको महेन्द्र बहुमखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन् । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी राजनीति संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप