प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि कति लाग्छ धरौटी ?
आइतबार, २३ असोज २०७९, ०७ : ४७
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान