नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो
शनिबार, २२ असोज २०७९, २२ : ०६
सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले बिथोल्यो तेस्रो दिनको खेल, भारतले गुमायो सस्तैमा चार विकेट
-
रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो
-
द्विविधामा कमला ह्यारिस : क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिने कि राष्ट्रपतिको प्राइमरीमा ?
-
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
-
१ सय २६ केजी गाँजासहित दुई जना पक्राउ
-
अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने