आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बाढीले जब्दीघाटको पुल बगाउँदा आवागमन बन्द

शनिबार, २२ असोज २०७९, २२ : ०४
शनिबार, २२ असोज २०७९

मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पक्की पुल बाढीले बगाएको छ । सो पक्की पुल बाढीले बगाउँदा दुई पालिका बीचको आवागमन अवरुद्ध भएको छ ।  

पाँच वर्षअघि बबई नदीको बाढीले क्षति पुर्‍याएको पुल क्षतिग्रस्त र जोखिमयुक्त भए पनि दुई पालिकालाई छोटो दूरीका रुपमा साइकल, मोटरसाइकललगायत सवारीसाधन तथा मानवीय आवागमनमा सहजता पुर्‍याइरहेको थियो ।  

विपद् व्यवस्थापन समितिको बैठक बसी सडक विभागलाई पुल मर्मत गरी सञ्चालनमा ल्याइदिन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । पुल पूर्णरुपमा क्षति भएपछि दुई पालिकाको दूरी बढेको छ । नदीमा पुनः डुङ्गा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । पुल बगेपछि स्थानीय चिन्तित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप