बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल

शनिबार, २२ असोज २०७९, २० : ५३
शनिबार, २२ असोज २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।

छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भएपछि हिजोदेखि पटकपटक छलफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप