आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

९ जनाको ज्यान लिने बाघलाई गोली हानेर मारियो

शनिबार, २२ असोज २०७९, १९ : ५०
शनिबार, २२ असोज २०७९

९ महिनामा ९ जनाको ज्यान लिने बाघलाई बिहारको बगाहामा गोली हानेर मारिएको छ । उनको २६ दिनदेखि खोजी भइरहेको थियो । 

शनिबार बाघलाई गोवर्धन थाना क्षेत्रको बलुआ गाउँको खेतमा घेराबन्दी गरिएको थियो । त्यसपछि बन्दुकधारीले बाघलाई ४ गोली हाने । वाल्मीकि टाइगर रिजर्भको यो बाघले शनिबार आमा र छोराको पनि हत्या गरेको थियो। पछिल्लो ३ दिनमा मात्र बाघको आक्रमणमा ४ जनाको मृत्यु भएको बताइएको छ ।

बाघले ९ महिनामा १० जनालाई आक्रमण गरेको थियो जसमध्ये ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । शुक्रबार बिहान बाघले आमा छोरालाई आक्रमण गरेको थियो । जसमा दुवैको घटनास्थलमै मृत्यु भएको थियो । हिजो मात्रै बाघ मार्ने आदेश जारी भएको थियो । 

मानिसमाथि आक्रमण गर्ने बाघलाई पक्रन सेप्टेम्बर १३ गते आदेश जारी गरिएको थियो । अक्टोबर ५–६ मा दुई दिनमा बाघले दुई जनाको ज्यान लिएपछि ७ तारिखमा मार्न आदेश जारी भएको थियो । ७ घण्टाको अपरेशनपछि आज नरभक्षी बाघको मृत्यु भएको हो ।

-दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप