शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इरानले रुसलाई हतियार पठाएको छैन– विदेशमन्त्री

शनिबार, २२ असोज २०७९, १८ : ३२
शनिबार, २२ असोज २०७९

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् । रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो । 
 
इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराएका हुन् । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार पठाउने कुनै पनि योजना छैन भन्नुभएको इरानी विदेश मन्त्रालयले जनाएको छ । 
 
युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको शत्रुतापूर्ण व्यवहार रहेको बताएका थिए । यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप