सभामुख सापकोटाले त्यागे सरकारी सुविधा, फर्किए निजी निवासमा

अग्निप्रसाद सापकोटाले सभामुखको हैसियतमा पाउने सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किएका छन् । सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए । संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन् ।
त्यसअघि उनले संसद् सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आफू आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार नबन्ने घोषणा गरेका थिए । उनले आफूले युवापुस्तालाई अवसर दिनका लागि सो निर्णय गरेको बताएका थिए ।
साथै पत्रकारले तपाई सभामुखको हैसियतमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्नमा उनले संविधानमा जे व्यवस्था छ सोही अनुसार हुने घुमाउरो जवाफ दिएका थिए ।
यसैबीच निर्वाचन आयोगले सभामुखको पद के हुने भन्नेबारेमा आयोग संविधान र कानुनको व्याख्याता नहुने बताएको छ । शनिवार नै आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सभामुखको कार्यकाल कहिलेसम्म रहन्छ भन्ने प्रश्नमा उनले आयोगले कानुनको व्याख्या गर्न नसक्ने बताउँदै कानुन निर्माताहरुले नै बुझेर सो अनुसारको व्यवहार गर्नुपर्ने बताएका थिए ।
एकातिर संविधानको अनुसार धारा ९१ को उपधारा ६ को ‘क’ मा रहेको व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि कार्यकाल सकिएको र उनीहरू पनि पदमुक्त भएको तर्क उठ्ने गरेको छ भने अर्को थरीले प्रतिनिधि सभाको बैठक सुरु नभएसम्म सभामुख र उपसभामुखको पद कायम हुने तर्क गर्ने गरेका छन् ।
धारा ९१ को उपधारा ६ को ‘क’ मा भएको प्रावधान अनुसार अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ । सो व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद रिक्त भएको देखिन्छ ।
निर्वाचन आयोगले गत असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेदवारहरूको मनोनयन दर्ता गरेसँगै प्रतिनिधि सभा र प्रतिनिधि सभा सदस्यको कार्यकाल समाप्त भइसकेको बताउँदै आएको छ ।
सापकोटाले सरकारी सुविधा त्याग गर्दै निजी निवास फर्किए पनि उपसभामुख रहेकी पुष्पा भुसाल गौतमले भने यसबारे अझै केही निर्णय गरेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात