आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलले टिकट नपाएपछि अछामका ४० जनाले छाडे एमाले

शनिबार, २२ असोज २०७९, १६ : ०६
शनिबार, २२ असोज २०७९

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका ४० जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।

एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर र सागर सिंह बाब्ली रहेका छन् । एमाले अछामले रावलको नाम एकल सिफारिस गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट थिएका छन् ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप