टिकट वितरणप्रति एमालेको तल्लो तहमा चरम असन्तुष्टि
नेकपा एमालेको टिकट वितरणप्रति मोरङको स्थानीय स्तरका कार्यकर्ताले चरम असन्तुष्टि व्यक्त गरेका छन् । उम्मेदवार सिफारिस भएर टिकट नपाएका मात्रै नभएर अन्य जनसंगठनका युवाहरूमा पनि असन्तुष्टि देखिएको छ ।
‘बा लाई प्रश्न ???, नेपाल प्रहरीका पूर्व अधिकृतहरूले मात्र टिकट पाउने अब आउने संघ र प्रदेशमा कसको पालो हो ?,’ एमाले मोरङ कटहरी गाउँपालिकाका सह इन्चार्ज मुकेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी यस्तै त हो नि बा ! पार्टीप्रति बफादार इमानदार सबै खल्तीबाट झर्ने भए ।’
बुढाथोकी युवा संघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनले मात्रै होइन कानेपोखरी एमालेका स्थानीय कार्यकर्ता तथा अनेरास्ववियुका नेता अनिल कार्कीले पनि टिकट वितरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘नेपाल परिवार दलको अध्यक्ष एकनाथ ढकाल एमाले समानुपातिक उम्मेदवार, सिङ्गल आऊ भन्ने चाटुकारले ७ दलसम्म गठबन्धन गर्ने, अनि मिसन प्रधानमन्त्री त्यसपछि रिस उठेसी संसद विघटन तैट..’, कार्कीले लेखेका छन् ।
यस्तै एमाले विराटनगरका स्थानीय युवा नेता निरञ्जन ढुंगानाले पनि मोरङमा छातालाई कुनै पनि हालतमा भोट नहाल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘हिजो प्रहरीबाट जागिर सकिएपछि नवराज सिलवाललाई ल्यायौँ आज अर्को जागिर सकिएको आइजिपी सर्वेन्द्र खनाललाई टिपेर ल्यायौँ, आजीवन राजनीति गर्ने आम नेकपा (एमाले)का नेता कार्यकर्तालाई त झोला मात्र बोकाउने उद्देश्य रहेछ खै राजनीतिक इमानदार हाम्रो राजनीतिक भविष्य खै ?,’ उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘अब भोलिका लागि पनि त अर्कै आईजिपी तयारी पारेको होला नि बा ? मोरङमा छातालाई भोट कुनै पनि हालतमा हालिँदैन ।’
यस्तै एमाले कार्यकर्ता मो. समीरले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी अध्यक्ष ओलीलाई टिकट वितरणमा पुनर्विचार गर्न आग्रह गरेका छन् । ‘मोरङ क्षेत्र नम्बर ४ (ख)बाट जनताले रोजेको उम्मेदवार हुनु परो नेताहरूले रोजेको होइन हामी सबैको चाहना जीवन घिमिरेलाई नै टिकट दिनुहुन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
यता, मोरङ क्षेत्र नम्बर २ (१)बाट उम्मेदवार सिफारिस भएका मेगराज कट्टेलले पनि आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । उनको सट्टामा उक्त क्षेत्रमा एमालेले मेनपावर व्यवसायी दानबहादुर कार्कीलाई उम्मेदवार बनाउने भएको छ । ‘मेरो गौरवशाली पार्टीको देखाउने दाँत, मार्क्सवाद, लेनिनवाद, समाजवाद र जनताको बहुदलीय जनवाद,’ उनले लेखेका छन्, ‘तर असलीवाद चैं चाकरीवाद, धनवाद, डनवाद, मनवाद र बा वाद भन्ने कुरा ४० वर्ष पछि बुझियो, धिक्कार छ आफूद्वारा आफैँलाई ।’
उनले मात्रै होइन एमाले मोरङका सचिव रुपेश खतिवडाले पनि पदबाट राजीनामा दिएका छन् । उनको राजीनामामा भनिएको छ, ‘पार्टी कमिटीहरु कार्यार्थ हुन्, केबल बोधार्थ वा मानार्थ मात्र होइनन् । पार्टीले गर्ने निर्णयहरू वा सूचनाहरूमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो । तर अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरीत रहेको व्यहोरा अनुरोध छ । यसर्थ यस्तो गैर राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरूको निष्ठा र भावना विपरीत हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म