मतदानका दिन सवारी साधन चल्न दिइने
शनिबार, २२ असोज २०७९, १५ : ४३
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने बताए ।
उनले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताए । उनले मतदानका दिन नेपाल बन्द हो कि जस्तो गरी सवारी साधन बन्द नगर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण