रुसलाई हतियार पठाएको छैनौं– इरान

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् । रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो ।
इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराए । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार नपठाएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताए ।
यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू