सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट
शनिबार, २२ असोज २०७९, १२ : २८
![सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट](https://rpcdn.ratopati.com/media/albums/xanchi_I0r9hsBrXy.webp)
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छिन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
-
विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ
-
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री
-
जुसको बट्टाभित्र कोकिन, दुई जना विदेशी पक्राउ
-
बैंकको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा लगानी ७९ प्रतिशत मात्रै
-
पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु