मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
शनिबार, २२ असोज २०७९, १२ : २४

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-९ धुरु भिरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका(६ घर भई हाल ससुराली राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राईको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रवार साँझ मादक पदार्थ सेवन गरी ससुराली घरबाट आफुखसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गर्दा राईको शव धुरु भिरमा फेला परेको थियो । राईको शव शनिवार बिहान ससुराली घरदेखि करिव २ किलोमिटर दक्षिण धुरु भिरमा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत