अपडेट : जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो
![अपडेट : जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो](https://rpcdn.ratopati.com/media/albums/pahiro-landslide-cartoon_VhIvLZzKox.jpg)
जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ । यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् ।
यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् । शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो ।
यस्ते घाइते बर्ष ५० की सरस्वती हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, भने स्थानीय राम बहादुर हमाल पछि घाइते भएका छन् । अहिले त्यहाँ ५ जनाको प्रहरी टोलीबाट उद्धार कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत