एमाले–जसपा भागबण्डा : मधेसका १६-१६ सिट बाँडफाँट, बाँकेमा दोहोरो दाबीले ‘सकस’
नेकपा एमाले र जसापाबीच मधेसका ३२ सिटमा सहमति जुटेको छ । मधेस प्रदेशका ३२ मध्ये जसपा १६ र एमाले १६ सिटमा चुनाव लड्ने गरी सहमति भएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।
‘प्रतिनिधि सभातर्फ मधेसका ३२ मध्ये १६-१६ सिटमा सहमति जुटेको छ । सोही अनुपातमा प्रदेशमा पनि टुंग्याउने तयारी छ’, एमालेका ति पदाधिकारीले रातोपाटीसँग भने, ‘सहमतिको ड्राफ्ट तयार हुदैछ ।’
त्यसैगरी प्रदेश १ को झापा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले राप्रपालाई सघाउने भएको छ भने ५ मा राप्रपाले एमाले अध्यक्ष केपी ओलीलाई सघाउने भएको छ । यी क्षेत्रमा पनि सहमति जुटेको छ । रुपन्देही ३ मा एमालेले राप्रपालाई सघाउने भएको छ । यो क्षेत्रमा राप्रपाका दिपक बोहोरालाई अघि सारेको र यसमा सहमति भैसकेको छ । बाँके २ मा भने एमालेलाई सहयात्री दल मिलाउन सकस परेको छ । बाँके २ मा जसपा र राप्रपा दुवैको दावी भएकाले कसरी मिलाउने भन्ने समस्या भएको ओली निकट स्रोतले जनाएको छ । बाँके २ हालका जसपाका नेता तथा मन्त्री इस्तियाक राई र राप्रपा नेता धवल शम्शेर राणाको दावी छ ।
‘राप्रपासँग धेरै सिटमा तालमेल हुदैन । लगभग ६ सिट जतिमा होलाजस्तो छ’, ओली निकट स्रोतले भन्यो, ‘लगभग अव सवै टुंगो लागिसक्यो भन्दा हुन्छ ।’ मधेसका १६,१६ सिटमा भने निर्वाचन क्षेत्र पहिचानको काम भइरहेको बताइएको छ ।
नेकपा एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले जसपा र राप्रपासँग सहमति गरेर अध्यक्ष ओली आजै झापा जाने बताए ।
‘भोलीको उम्मेदवारी दर्ताका लागि अध्यक्ष आजै झापा जाने कार्यक्रम छ । उहाँ १ बजे झापा जाने भएकाले त्यसअघि दुवै दलसँग सहमति हुन्छ’, रिजालको भनाइ छ ।
यसअघि एमालेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ ।
यस्ता छन् एमालेले टुंगो लगाएका उम्मेदवार र निर्वाचन क्षेत्र
झापा १ : अग्नि खरेल , प्रदेशसभा (क)– रविन कोइराला
झापा २ : देवराज घिमिरे, प्रदेससभा (क)– एकराज कार्की र (ख) – चिन्तन पाठक
झापा २ : प्रतिनिधिसभा- देवराज घिमिरे
झापा ३ : प्रदेशसभा (क)– बसन्त बानियाँ
झापा ४ : एलपी साँबा, प्रदेशसभा (क) राधाकृष्ण खनाल
झापा ५ : केपी शर्मा ओली, प्रदेशसभा (क) – हिक्मत कार्की र (ख)– होमबहादुर थापा
मोरङ १ : घनश्याम खतिवडा, प्रदेशसभा (क)– उमाकान्त गौतम र (ख)– खड्ग बस्नेत
मोरङ २ : ऋषिकेश पोखरेल, प्रदेशसभा (क)– डीबी कार्की र (ख)– दिलाबल्लभ अधिकारी
मोरङ ३ : भानुभक्त ढकाल, प्रदेशसभा (क)– किशोर राई र (ख)– ज्ञानेन्द्र सुवेदी
मोरङ ४ : विनोद ढकाल, प्रदेशसभा (क)– जयप्रकाश चौधरी
मोरङ ५ : प्रदेशसभा (क)– सन्तोष साह
मोरङ ६ ः प्रतिनिधिसभा लालबाबु पण्डित, प्रदेशसभा (क)– रिता न्यौपाने
सुनसरी १ : प्रदेशसभा (क)– रमेश बस्नेत र (ख)– विजयकुमार राई
सुनसरी २ : भीम आचार्य, प्रदेशसभा (क)– रेवती भण्डारी र (ख)– रामप्रसाद मेहता
सुनसरी ३ : भगवती चौधरी, प्रदेशसभा (क)– रोहित कार्की र (ख)– रामदेव यादव
सुनसरी ४ : जगदीश कुसियत, प्रदेशसभा (क)– गुणराज कोइराला
धनकुटा : राजेन्द्र राई प्रदेशसभा (क)– निस राई र (ख)– इन्द्र माझी
भोजपुर : शेरधन राई, प्रदेशसभा (क)– हरिबहादुर राई र (ख)– खड्गबहादुर कार्की
संखुवासभा : राजेन्द्र गौतम,प्रदेशसभा (क)– भविश्वर गुरुङ र (ख)– विहर लिङ्देन
ताप्लेजुङ : योगेश भट्टराई, प्रदेशसभा (क)– तिलकुमार मेनेंबो र (ख)– मणिशेर पोमु
ओखलढुंगा : यज्ञराज सुनुवार, प्रदेशसभा (क)– अमिरबहादुर गुरुङ र (ख)– ज्ञानबहादुर खड्का
सोलुखुम्बु : मानवीर राई, प्रदेशसभा (क)– उत्तम बस्नेत र (ख)– बुद्धिकुमार राजभण्डारी
उदयपुर १ : मेज चौधरी, प्रदेशसभा (क) विमल कार्की र (ख)– ईश्वरमणि राउत
उदयपुर २ : ज्ञानेन्द्र श्रेष्ठ, प्रदेशसभा (क)– देवराज राई र (ख)– जीवनाथ दहाल
खोटाङ : विशाल भट्टराई, प्रदेशसभा (क)– पीके राई र (ख)– रामप्रसाद दंगाल
तेह्रथुम : विजय सुब्बा, प्रदेशसभा (क)– किशोर यदु दुलाल र (ख)– तेजमान
पाँचथर : प्रतिनिधिसभा बसन्त नेम्बाङ, प्रदेशसभा (क)– राजकुमार भण्डारी र (ख)– अइन्द्रसुन्नर नेम्वाङ
इलाम १ : महेश बस्नेत, प्रदेशसभा (क)– सोम पराजुली र (ख)– दिपक थेबे
इलाम २ः सुवासचन्द्र नेम्वाङ, प्रदेशसभा (क)– गणेश बराल र (ख)– राम राना
बागमती प्रदेश
काठमाडौं क्षेत्र नम्बर १ : किरण पौडेल, प्रदेशसभा (क)– आत्मराम शर्मा र (ख)– गणेश दुलाल
काठमाडौं २ : मणिराम फुयाँल, प्रदेशसभा (क)– सानु श्रेष्ठ र (ख)–सुवर्ण श्रेष्ठ
काठमाडौं ३ : कृष्ण राई, प्रदेशसभा (क)– रामेश्वर फुयाल र (ख)– चन्द्रमान लामा
काठमाडौं ४ः राजन भट्टराई, प्रदेशसभा (क)– तेज ढकाल र (ख)– जयराम थापा
काठमाडौं ५ : ईश्वर पोखरेल, प्रदेशसभा (क)– दिपक निरौला र ख नारायण सिलवाल
काठमाडौं ६ : सर्वेन्द्र खनाल, प्रदेशसभा क अमन मास्के र ख निरेशलाल सिंह
काठमाडौं ७ : प्रदेशसभा क जीवन मानन्धर र ख श्याम घिमिरे
काठमाडौं ८ : अष्टलक्ष्मी शाक्य, प्रदेशसभा क राजेश शाक्य र ख नाम्गेल लामा
काठमाडौं ९ः कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा क हरिकृष्ण डंगोल र ख केशव पोखरेल
काठमाडौं १० : टुंगिन बाँकी
ललितपुर १ः नवराज सिलवाल, प्रदेशसभा क मधुसुधन पौडेल र ख चेतनाथ सन्जेल
ललितपुर २ः प्रेम महर्जन प्रदेशसभा क रामेश्वर श्रेष्ठ र ज्ञानेन्द्र शाक्य
ललितपुर ३ः अमृत खड्का प्रदेशसभा क प्रेमभक्त महर्जन र ख रघुनाथ महर्जन
भक्तपुर १ः नवराज गेलाल प्रदेशसभा क मोहन श्रेष्ठ
भक्तपुर २ः महेश बस्नेत प्रदेशसभा क किरण थापा र ख नन्दनकृष्ण प्रधान
चितवन २ः कृष्णभक्त पोखरेल, प्रदेशसभा क कृष्ण सिलवाल र र ख देवी ज्ञवाली
चितवन ३ः प्रदेशसभा क कृष्ण भुर्तेल र ख सरस्वीत विष्ट
नुवाकोट १ःबद्री मैनाली प्रदेशसभा ख पूर्णलाल श्रेष्ठ
नुवाकोट २ : नारायण खतिवडा, प्रदेशसभा केशव पाण्डे र ख विजय लोप्चन
धादिङ १ः भूमि त्रिपाठी, प्रदेशसभा क गजेन्द्र थपलिया र ख रमेश आचार्य
धादिङ २ : खेम लोहनी, प्रदेशसभा क रामकुमार अधिकारी र ख धनबहादुर घले
रामेछाप : कैलाश ढुंगेल, प्रदेशसभा क शान्तिप्रसाद पौडेल र ख मिलन घिसिङ
सिन्धुपाल्चोक १ः सरेश नेपाल प्रदेशसभा क कमल नेपाल र ख होमनारायण श्रेष्ठ
सिन्धुपाल्चोक २ः शेरबहादुर तामाङ प्रदेशसभा क अमानसिंह तामाङ र ख हस्त पण्डित
काभ्रे १ : रेशम लामा, प्रदेशसभा क दिलबहादुर लामा र ख चन्द्र लामा
काभ्रे २ : गोकुल बास्कोटा, प्रदेशसभा क कुमार खकुरेल र ख कुमार थापा
मकवानपुर १ः रामेश्वर राना, प्रदेशसभा क कमल विष्ट र ख एकलाल श्रेष्ठ
मकवानपुर २ : महेश वर्तौला, प्रदेशसभा क विष्णु ढकाल र र ख लालबहादुर थापा
सिन्धुली १ः प्रदीप कटुवाल, प्रदेशसभा क सुवास देवकोटा र ख रामकुमार कार्की
सिन्धुली २ : मनोजजंग थापा, प्रदेशसभा क विनोद खड्का र ख राममुकार पौडेल
लुम्बिनी प्रदेश
रुपन्देही १ः छविलाल विश्वकर्मा । प्रदेश सभातर्फ क रिक्त खमा दधिराम न्यौपाने
रुपन्देही २ ः विष्णुप्रसाद पौडेल । प्रदेशसभा क लिला गिरि र ख भोजप्रसाद श्रेष्ठ
रुपन्देही–३ः प्रदेशसभा ख मा तुलसीप्रसाद चौधरी
रुपन्देह–४ : प्रदेशसभा क मा हजरत अलि
रुपन्देही–५ : प्रदेशसभा क भुमिश्वर ढकाल
दाङ–१ : शान्ता चौधरी, प्रदेशसभा क गंगाराम भट्टराई र ख कुलप्रसाद केसी
दाङ–२ : शंकर पोखरेल, प्रदेशसभा क बलिभद्र राना र ख गिरिराज केसी
दाङ–३ : कोमल वली, प्रदेशसभा क घनश्याम पाण्डे र ख हुकुमबहादुर बस्नेत
बाँके १ः सूर्यप्रसाद ढकाल, प्रदेशतर्फ क तालमेलका लागि खाली, ख दुर्गाप्रसाद चौधरी
बाँके २ः प्रदेशसभा क विजय यादव र ख निरजबहादुर गुरुङ
बाँके–३ः किस्मतकुमार कक्षपति, प्रदेश क रत्नबहादुर खत्री र ख भीमबहादुर वली
कपिलवस्तु १ : बलराम अधिकारी, प्रदेशसभा क बिष्णु पन्थी
कपिलवस्तु २ : बृजेशकुमार गुप्ता, प्रदेशसभा क नवराज लामिछाने र ख धर्मबहादुर लाल श्रीवास्तव
कपिलवस्तु ३ : गंगाप्रसाद गुप्ता, प्रदेशसभा क अर्जुनकुमार रेग्मी
बर्दिया–१ : लक्ष्मणराज ज्ञवाली, प्रदेशसभा क शालिकराम अधिकारी र ख भक्तबहादुर विक
बर्दिया–२ : पंकजसिंह रौठोर, प्रदेशसभा क लहनु चौधरी र ख कृष्णी थारु
गुल्मी–१ : प्रदीपकुमार ज्ञवाली, प्रदेशसभा क चिन्तामणि पाण्डे र ख ठर्सूराम पाण्डे
गुल्मी–२ मा गोकर्णराज बिष्ट, प्रदेशसभा क डिल्लीराज भुसाल र ख दिनेश पन्थी
पाल्पा–१ : नारायणप्रसाद आचार्य, प्रदेशसभा क राजुप्रसाद श्रेष्ठ र ख खिमबहादुर सारु
पाल्पा–२ : ठाकुर गैरे, प्रदेशसभा क पर्शुराम भट्टराई र ख ओमबहादुर घर्ती ।
पश्चिमनवलपरासी–१ : प्रदेशसभा क पुन्यप्रसाद पौडेल र ख दीपकराज शर्मा ।
पश्चिमनवलपरासी–२ : दीपेन्द्रकुमार अधिकारी, प्रदेशसभा क मणिप्रसाद गैरे र ख तालमेलका लागि खाली ।
अर्घाखाँची : टोपबहादुर रायमाझी, प्रदेशसभा क चेतनारायण आचार्य र ख रामजीप्रसाद घिमिरे ।
रोल्पा : पूर्णबहादुर बुढामगर, प्रदेशसभा क कमल बुढाथोकी र ख प्रेमबहादुर घर्तिमगर ।
प्यूठान : सूर्यबहादुर थापा, प्रदेशसभा क तुलसीराम शर्मा र ख हरिप्रसाद रिजाल ।
कर्णाली प्रदेश
जाजरकोटः निरज आचार्य, प्रदेशसभा क डम्बरबहादुर सिंह र ख खिमबहादुर शाही
सुर्खेत १ः ध्रुव शाही, प्रदेशसभा क ठम्मर विष्ट र ख डण्डी प्रसाद शर्मा
सुर्खेत २ःअमृत विसी, प्रदेशसभा क यामलाल कडेल र ख ताराकेशर गौतम
दैलेख १ः रविन्द्रराज जोशी, प्रदेशसभा क धर्मराज रेग्मी र ख प्रेमबहादुर थापा
दैलेख २ः लक्ष्मीप्रसाद पोखरेल, प्रदेशसभा क तिलकराज र ख विनोदकुमार शाह
सुदुरपश्चिम प्रदेश :
बाजुराः कर्णबहादुर थापा, प्रदेशसभा क लालबहादुर थापा र ख बलदेव रेग्मी
बझाङः ऐन महर, प्रदेशसभा क अफिला ओखेडा र ख एलबी रावल
दार्चुला : गणेश ठगुन्ना, प्रदेशसभा क हर्देव जोशी र ख रामदत्त जोशी
बैतडीः दामोदर भण्डारी, प्रदेशसभा क सुरेन्द्र पाल र ख लीलाधर भट्ट
डडेलधुरा : प्रदेशसभा क पठानसिंह बोहोरा र ख गजेन्द्र शाही
डोटी : गौरी ओली, प्रदेशसभा क चक्र मल्ल र ख टेकबहादुर बम
अछाम– १ः झपट बोहोरा, प्रदेशसभा क कृष्णप्रसाद जैशी र ख देवबहादुर कुँवर
अछाम– २ः यज्ञ बोगटी, प्रदेशसभा क भीम विष्ट र ख शिव उपाध्याय
कञ्चनपुर– १ : तारा लामा प्रदेशसभा क पल्लवराज भट्ट र ख बीरबहादुर थापा
कञ्चनपुर– २ : नरबहादुर धामी, प्रदेशसभा क कृपाराम राना र ख बचन सिंह
कञ्चनपुर– ३ः नीरुदेवी पाल, प्रदेशसभा क कृपाराम सुरेन्द्र विष्ट
कैलाली– १ ::टपेन्द्र रावल, प्रदेशसभा क द्वारिक न्यौपाने
कैलाली– २ : झपट रावल, प्रदेशसभा क कमला वली र ख डेजी पाण्डे
कैलाली– ३ ः गौरीशंकर चौधरी, प्रदेशसभा क जयनारायण जोशी
कैलाली –४ : लेखराज भट्ट, प्रदिशसभा क भीमबहादुर देउवा र ख हरिसिंह साउद
कैलाली– ५ : नारदुमनी राना, प्रदेशसभा क यज्ञ बास्तोला र ख दुर्गा जोशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छ : अध्यक्ष प्रचण्ड
-
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
-
किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति युन सुनुवाइमा सहभागी
-
इन्स्टाग्रामका लागि भन्दै झुक्क्याएर बिहे गरेपछि...