बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस र लोसपाबीच बालुवाटारमा वार्ता सुरु

शनिबार, २२ असोज २०७९, ०९ : ४३
शनिबार, २२ असोज २०७९

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वार्ता सुरु भएको छ । जसपाले गठबन्धनबाट बाहिरिएपछि लोसपा गठबन्धनमा सामेल हुने तयारीमा छ । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । 

लोसपाले संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको छ । उसको माग पूरा गर्न गठबन्धन लचिलो देखिएको छ । आजको छलफलमा लोसपाबाट शीर्ष नेताहरु सहभागी छन् भने कांग्रेसबाट देउवासँगै महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप