घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट
नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै उम्मेदवारको टिकट दिएका छन् । जसमा भुसालको नाम छैन । एमाले स्रोतका अनुसार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये १ मा छविलाल विकले पाएका छन् भने प्रदेशतर्फ क मा तालमेल र ख मा दधिराम न्यौपानेले टिकट पाएका छन् ।
त्यसैगरी २ मा विष्णु पौडेलले टिकट पाउँदा प्रदेशतर्फ क मा लीला गिरी र खमा भोजप्रसाद श्रेष्ठले पाएका छन् । त्यसै गरी एमालेले रुपन्देही ३ मा तालमेल गर्ने भएको छ । प्रदेश क मा पनि तालमेल गर्ने एमालेले खमा तुलसीप्रसादलाई टिकट दिएको छ । त्यसै गरी ४ नम्बर क्षेत्रमा पनि एमालेले प्रतिनिधि सभामा तालमेल गर्ने भएको छ । ४ को क मा हजरत अली र खमा तालमेल गर्ने भएको छ । त्यसै गरी ५ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेले तालमेल गर्ने भएको छ । ५ नम्बरको प्रदेश क मा भूमिस्वर ढकाल भने ख मा पनि तालमेल गर्ने भएको छ । लुम्बिनीका २६ क्षेत्रमध्ये १९ मा एमालेले राखेर बाँकी ७ मा अन्य पार्टीसँग तालमेल गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी