शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

शुक्रबार, २१ असोज २०७९, १९ : ३५
शुक्रबार, २१ असोज २०७९

विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।

ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप