शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा एमालेको उम्मेदवार योगेश

शुक्रबार, २१ असोज २०७९, १९ : ३१
शुक्रबार, २१ असोज २०७९

नेकपा एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएका हुन् ।

टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । ओलीले  मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए । ताप्लेजुङको क मा तिलकुमार मेनेङ्बो र ख मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप