शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

शुक्रबार, २१ असोज २०७९, १९ : २६
शुक्रबार, २१ असोज २०७९

नवलपरासीको कावासोती नगरपालिका-६ रिठ्ठेपानीस्थित संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सञ्जय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ७० रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप